पूर्वप्रधानमन्त्री माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा
यो समाचार तथ्य परीक्षण पश्चात् मुख्य सम्पादकीय टोलीद्वारा प्रमाणित गरिएको हो।
Corruption Case Filed Against Ex-PM Madhav Nepal and Minendra Rijal
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुनसरीको इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्न मन्त्रिपरिषद्बाट स्वीकृति गराएको आरोपमा मुद्दा दर्ता गरिएको हो।
- 1अख्तियारद्वारा माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा मुद्दा।
- 2इटहरीको हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्बाट स्वीकृति गराई बिक्री गरेको आरोप।
- 3९४ जनालाई प्रतिवादी बनाइएको र ७६ करोड बिगो दाबी गरिएको छ।
पूर्वप्रधानमन्त्री एवं नेता माधवकुमार नेपाल र पूर्वमन्त्री एवं कांगेस नेता मिनेन्द्रप्रसाद रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आरोपपत्र तयार गरी अदालतमा मुद्दा दर्ता गराएको हो।
यो प्रकरण सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) सँग सम्बन्धित रहेको छ। हदबन्दीभन्दा बढी रहेको जग्गा सट्टापट्टा तथा बिक्रीका लागि तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गराएको विषयमा अख्तियारले छानबिन गरिरहेको थियो। तत्कालीन् प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको क्याबिनेटले सो जग्गा बिक्रीका लागि स्वीकृति दिएको थियो।
प्रारम्भिक जानकारी अनुसार अख्तियारले यस प्रकरणमा कूल ९४ जनालाई प्रतिवादी बनाएको छ। साथै आरोपपत्रमा ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको बताइएको छ। विशेष अदालतका अनुसार दर्ता प्रक्रिया पूरा गरी थप कारबाही अघि बढाइनेछ।
Read in English
Corruption Case Filed Against Ex-PM Madhav Nepal and Minendra Rijal
The CIAA has filed a corruption case at the Special Court against former Prime Minister Madhav Kumar Nepal and former Minister Minendra Rijal. The case involves cabinet approval for transferring land exceeding limits owned by Rijal Tasi Industries in Itahari.
• CIAA filed corruption cases against Madhav Kumar Nepal and Minendra Rijal.
• The case involves cabinet approval to sell excess limit land in Itahari.
• Reportedly 94 people are named as defendants with 760 million rupees claimed.
स्रोत: Annapurna Post, Nepal Press



