टीयू मैदानमा विश्व कीर्तिमान: विराटनगर किंग्सले बनायो टी-२० क्रिकेटमै सबैभन्दा छिटो ५० र १०० रन
यो समाचार तथ्य परीक्षण पश्चात् मुख्य सम्पादकीय टोलीद्वारा प्रमाणित गरिएको हो।
टीयू क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सले १.२ ओभरमा ५० र मात्र ४.४ ओभरमा १०० रन पूरा गर्दै टी-२० क्रिकेट इतिहासमै सबैभन्दा छिटो टिम ५० र १०० रनको नयाँ विश्व कीर्तिमान बनाएको छ।




